|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्रीस्टार र जावलाखेल भिड्दैछन्।

जारी प्रतियोगितामा थ्रीस्टार ६ खेलबाट ७ अंक जोडेर सातौँ स्थानमा छ। समान खेलबाट समान अंक जोडेको जावलाखेल भने गोल अन्तरका आधारमा थ्रीस्टारभन्दा दुई स्थान पछाडि छ। दुवै टोली आजको खेल जितेर पाँचौ स्थानमा उक्लिने तयारीमा छन्।

यस्तै‚ दशरथ रंगशालामै साँझ पौने ५ बजे हुने दोस्रो खेलमा मनाङ मस्याङ्दी र ब्रिगेड ब्वोइजबीच प्रतिस्पर्धा हुनेछ। मनाङ आजको खेलमा ब्रिगेटलाई पराजित गर्दै शीर्ष स्थानमा पुनरागमनको लक्ष्यसहित मैदान उत्रिँदैछ।

मनाङ अहिले ६ खेलबाट १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको मच्छिन्द्रको समान खेलबाट १४ अंक छ। यस्तै‚ मनाङविरुद्ध उत्रिन लागेको ब्रिगेड ब्वोइज भने ६ खेलबाट ५ अंकसहित १२ औँ स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.