|

काठमाडौं :  सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।  आज विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी जनाएको छ।  बैठकले राष्ट्रियसभाको १९ सीटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। 

राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ स्थान रिक्त हुँदैछ।

कांग्रेसले आफ्नो ३ सहित थप ४ गरी ७ सीटमा भाग खोजेको छ। माओवादी र एकीकृत समाजवादीलाई उनीहरुको रिक्त रहेको ४ ४ सीट दिएर थप एक–एक सीट दिने कांग्रेसको तयारी रहेको छ।

एक सीट जनता समाजवादीलाई दिनुपर्ने कांग्रेसले प्रस्ताव गर्ने भएको छ। एमालेलाई आफ्नो ८ सीट जोगाउनुपर्ने चुनौती छ। पाँचै दल एक ठाउँमा मिल्दा प्रदेश १ बाहेकका स्थानमा एमालेका लागि संकट रहनेछ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते चुनाव हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.