|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। 

जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। 

आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका लागि आज उम्मेदवारी दर्ताका लागि विहान १० बजेदेखि ३ बजेसम्मको समय तोकिएकाे छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.