|

काठमाडौं : दाङकाे तुलसीपुर उपमहानगरपालिकाले पछिल्लो समय विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण फैलिएपछि सबै विद्यालय माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरले शुक्रबार सूचना जारी गरी कोरोना संक्रमणको 'चेन ब्रेक' गर्ने भन्दै निजी र सामुदायिक स्कुल बन्द गर्ने निर्णय गरेको जानकारी गराएकाे हो।

उपमहानगरका अनुसार स्कुल भोलि (शनिबार)देखि माघ ३ गतेसम्म भौतिक उपस्थितिमा हुने पठनपाठन र आन्तरिक परीक्षाहरु बन्द हुने छ।

परिस्थिति सहज भए माघ ४ गतेदेखि पुन: कक्षा सञ्चालन गर्न सकिने उपमहानगरले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.