|

काठमाडौं: भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

यसैसँगै भारतमा कूल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ। सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ।

हाल भारतमा पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना संक्रमण मुक्त भएका छन। यहाँ कोरोना भाइरस मुक्त हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.