|

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्विटरमार्फत् दिएका छन्।

उनले लेखेका छन्, ‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस। म पनि कोरोना पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको छु। अहिले सबै ठिकै छ।’

अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रुपमा बसेको उल्लेख गर्दै केही दिनमा सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.