|

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।

माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।

माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी, सचिवमा गणेश उप्रेती, सहसचिवमा कुमारी राई, सागर किराती र ऋषिराम ढुंगाना तथा कोषाध्यक्षमा रेवतराज पुरी ‘गगन’ विजयी भएका थिए।

नौ जना पदाधिकारीका लागि गत पुस ७ गते निर्वाचन भएको थियो। माओवादी केन्द्रले प्रदेश १ को प्रथम अधिवेशन गत मंसिर २५ र २६ गते सम्पन्न गरेको थियो। उक्त अधिवेशनबाट निर्वाचित २५९ जना कार्यसमिति सदस्य मतदानमा सहभागी भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.