|

झापा : इलामबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब १० लाख मूल्य बराबरको मोटरका पार्टपुर्जा झापा प्रहरीले बरामद गरेको छ। 

इलामबाट झापातर्फ आउँदै गरेको बा ४ च ३०९ नम्बर कारलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- १२ स्थित सहरेडाँगी चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएको कारलाई खोलेर चेकजाँच गर्दा कारभित्र विभिन्न गाडीहरूमा प्रयोग हुने मोटरका पार्टपुर्जा बरामद गरिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

बरामद गरिएको पार्टपुर्जा नेपाली बजार मूल्य ९ लाख ९२ हजार ८६० रुपैयाँ रहेको जनाइएको छ। सो सामान भारतबाट भन्सार छलेर इलामको नाकाबाट भित्र्याइएको हुन सक्ने प्रहरीको दाबी छ।

बरामद गरिएको सामान, कार तथा चालक सूर्योदय नगरपालिका-२ का मनोज खड्कालाई आवश्यक कारबाहीका लागि सोमबार नै मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.