काठमाडौं : काठमाडौं उपत्यकामा विवाह, व्रतबन्धलगायतका धार्मिक कार्यमा २५ जनासम्म उपस्थित हुन पाउने भएका छन्।
काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक समारोहमा २५ जनासम्म सहभागी हुन पाउने निर्णय गरेको जानकारी दिइन्।
होटल तथा रेस्टुराँमा कोही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ।
यस्तै होटल तथा रेस्टुराँका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ।
त्यसैगरी होटल तथा रेस्टुराँमा प्रवेश गर्ने सबै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेस्टुराँले कुल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।