कोशीमा अक्सिजनको अभाव नहुने

|

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ।

१ हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, संखुवासभा र उदयपुरमा २/२, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको हो।

सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा ६, इनरुवा र स्थानीय तह नखुलेका ४/४, देवानगञ्ज, वराहक्षेत्र र कोशी गाउँपालिकामा ३/३, हरिनगर र रामधुनीमा २/२, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बुढीगंगा र स्थानीय तह नखुलेका ३/३, लेटाङ, कानेपोखरी र ग्रामथानमा २/२, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरीशनिश्चरे र रंगेलीमा १/१, झापाको बिर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा ९, कनकाईमा ८, शिवसताक्षी र मेचीनगरमा ५/५, अर्जुनधारामा ४, कचनकवल र कमल गाउँपालिकामा २/२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबीसे, साँघुरीगढी र पाख्रिबासमा १/१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा २, संखुवासभाको मकालु र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१, ताप्लेजुङ, पाँचथर र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका ३७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आजै २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९ महिला र १४ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोशीमा अक्सिजनको अभाव नहुने

प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरी सरकारले प्रबन्ध मिलाएको छ।

सामाजिक विकासमन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने गरी प्रबन्ध गर्नका लागि आज (बुधबार) मन्त्रालयमा अक्सिजन आपूर्तिकर्ताहरूसँग छलफल गरेका छन्।

आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरूले मन्त्री यादवसमक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्।

मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिजका विवेक अग्रवाल, भाजुरत्नका केदार श्रेष्ठ र विनायक अक्सिजन इण्डस्ट्रिजका मनोज ढकालसँग छलफल गरेका हुन्।

आपूर्तिकर्ताहरूले अक्सिजनका खाली सिलिण्डर समयमै उपलब्ध गराइदिनुपर्ने बताएका थिए।

प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ शय्या विस्तार गरेको छ। यसअघि ९६ शय्याको अस्पताल सञ्चालनमा थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.