|

काठमाडौं : लोक सेवा आयोगको सबैखाले लिखित परीक्षा स्थगित भएको छ।  कोरोना संक्रमण बढेपछि आयोगले अहिले लिइरहेको सबै प्रकारको लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गर्ने निर्णय भएकाे आयोगले जनाएको छ।

‘आयोगको आज बसेको बैठकले माघ मसान्तसम्म  अहिले भइरहेकाे र बाँकी परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको छ,’आयोगका एक कर्मचारीले भने।

त्यस्तै,कोरोना संक्रमणदर तीव्र रूपमा बढेपछि त्रिभुवन विश्वविद्यालयले पनि सबै परीक्षा आज स्थगित गरेको छ। 

पछिल्लो साता देशभरमा गरी करिब दैनिक १० हजारभन्दा माथि संक्रमित संख्या आउने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.