|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका स्वास्थ्यमन्त्री नीमा लामाले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमी कमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।

श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलको संयोजकत्वमा श्वेतपत्र लेखन समिति निर्माण गरिएको समेत उनले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरूको कर्मचारी संगठन संरचना र दरबन्दी समेत स्वीकृत गरेको छ। मन्त्री लामाका अनुसार प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ।

समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समयसीमा दिइएको छ। बैठकले प्रदेशको वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि-२०७८ समेत स्वीकृत गरेको छ। बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति समेत निर्माण गरेको छ।

यसैगरी मन्त्रीहरू नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति बैठकले गठन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.