|

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा ठूलो  सुक्खा पहिरो गएको  छ। पहिरो गएसँगै नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति  करिब २:३० बजे सुक्खा पहिरो खसेको ट्राफिक प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ।

पहिरो गएपछि बिहान ५ बजेदेखि चारवटा लोडरले पहिरो पन्छाउने कार्य भइरहेको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताए। थापाका अनुसार पहिरो ठूलो भएको पन्छाउन समय लाग्‍नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.