|
फाइल तस्बिर

काठमाडौं : सडक डिभिजन कार्यालय काठमाडौंले रातका वेला चक्रपथ सडकमा माटो फाल्ने टिप्परलाई कारबाही गर्न पत्र काटेको छ। डिभिजनले आइतबार कारबाही गर्न  महानगरीय प्रहरी परिसर,टेकु, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायतलाई पत्र काटेको हो।

डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी सुनित केसीले जथाभावी माटो सडकमा फाल्दा ट्राफिक समस्या भएकाले पत्र काटेको जानकारी दिए। ‘रातमा माटो फाल्ने टिप्पर पहिचान भएको छ, जो जसले माटो फाल्छन्,उनीहरूलाई कारबाही गर्न पत्र काटेका हौँ’, उनले भने।

उनका अनुसार निजी घर भत्काइएका लगायत अनावश्यक माटो बालाजु,महाराजगञ्ज क्षेत्र सडकमा ल्याएर फाल्ने गरेका छन्। सडकमा जथाभावी माटो फाल्ने सबै टिप्परलाई कारबाही गर्ने उनले चेतावनी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.