|

भक्तपुर : भक्तपुरका विभिन्न स्थानमा अनधिकृतरुपमा जग्गाको प्लटिङ गरी घडेरी विकास गरेको पाइएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुरले अनुगमनका क्रममा जिल्लाका ९२ स्थानमा अनधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको पाइएको हो।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सूर्यविनायक नगरपालिकामा–११, मध्यपुर थिमि नगरपालिकामा–१ र चाँगुनारायण नगरपालिकामा ८० स्थानमा गरी कुल ९२ स्थानमा अनुमति नलिई अनाधिकृत रुपमा जग्गा प्लटिङ भइरहेको जनाएको हो।

प्राधिकरणले अनुमति नलिई गरेका प्लटिङले सार्वजनिक सम्पत्ति, ऐलानी, पर्ती जग्गाहरू समेत प्रयोग गरेको पाइएकोले त्यस्ता प्लटिङमा जग्गा खरिद गर्दा अनुमति लिए नलिएको हेर्न र बुझेर मात्र किन्न सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यसैगरी त्यस्ता जग्गा प्लटिङ गर्ने व्यवसायीहरूलाई पनि आवश्यक कागजपत्रसहित अनुमतिका लागि आवेदन दिन अनुरोध गरिएको छ। प्राधिकरणले अनुमतिका लागि आवश्यक प्रक्रियामा नआए कारबाही गर्ने चेतावनी समेत दिएको छ।

काठमाडौं फनभ्याली पछाडि साँगा जोड्ने वैकल्पिक सडकसँगै रहेको प्लटिङ पनि अनधिकृतरुपमा भएको प्राधिकरणले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.