|

हेटौंडा : मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका–४ मा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही ठाउँका अनिलकुमार तामाङ र हेटौंडा–१० बसपार्कमा छड्के गर्दा अनिश तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरीले बा.२४ प ४५९५ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा हेटौंडा–४ का ३४ वर्षीय अनिलका साथबाट लागुऔषध नाइट्रोभेट ४८ ट्याब्लेट फेला परेको थियो।

त्यस्तैगरी हेटौंडा बसपार्कमा प्रहरीले चेकजाँच गर्दा बारा घर भएका अनिशका साथबाट प्रहरीले नाइट्रोभेट ६९ ट्याब्लेट फेला पारेको जनाएको छ। उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.