आइतबार ओली भेट्न पुगेका मन्त्री कार्की पनि सहभागी

|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। 

अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) विवाद चलिरहेको बेलामा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए। 

तीन नेताबीचको छलफलमा एमसिसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको बुझिएको छ। छलफलमा सरकारका प्रवक्तासमेत रहेको सञ्चार ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी थिए। 

शनिबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी अनुमोदन गर्ने शर्तमा मात्रै गठबन्धन कायम राख्ने शर्तले नयाँ तरंग पैदा भइरहेको छ। 

आइतबार मात्रै सञ्चारमन्त्री कार्की प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.