|
प्रतीकात्मक तस्बिर

कञ्चनपुर : घरमा लागेको आगलागीमा परी भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ।

चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘चिसो छल्नका लागि गोठमा बालेको आगो घरमा सल्किएको रहेछ‚’ शाहले भने‚ ‘त्यसमै परेर बृद्धको मृत्य भयो।’ परिवारका अन्य सदस्य भने सुरक्षित रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.