|

काठमाडौं :  बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। 

पुस १३ गते भेरी अस्पतालमा अस्पताल भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका– २ का ८६ वर्षीय पुरुषको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज वलीले जानकारी दिए। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४८ पुगेको छ।

यस्तै भेरी अस्पतालमै गए राति पौने १२ बजे दाङको शान्तिनगर गाउँपालिका –२ का ८० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो। उनलाई पुस १६ गते अस्पताल भर्ना गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.