|

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ।

चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि उपाधिका लागि मैदानमा हुनेछ।

इंग्ल्यान्ड १९९८ को च्याम्पियन बनेयता पहिलोपटक फाइनलमा प्रवेश गरेको हो। वेस्टइन्डिजमा जारी प्रतियोगितामा इंग्ल्यान्डले अफगानिस्तान तथा भारतले अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

फाइनल नेपाली समयअनुसार साझ ६ः४५ मा सुरु हुनेछ। जारी प्रतियोगितामा दुवै टीम अपराजित रहेकाले फाइनल रोमाञ्चक हुने विश्वास गरिएको छ। अहिलेसम्म इंग्ल्यान्ड र भारतको यू–१९ उमेर समूहमा कुल ४९ खेल खेलेका छन्।

जसमा भारतले ३७ खेलमा जित निकाल्दा इंग्ल्यान्डले भने ११ खेलमा जित आत्मासाथ गरेको छ। यू–१९ विश्वकपमा भने ८ पटक यी दुई टीम एक अर्काविरुद्व भिड्दा भारतले ६ खेल तथा इंग्ल्यान्डले २ खेलमा जित निकालेको छ।

पछिल्लोपटक भारतले २०१८ मा विश्वकपको उपाधि जितेको थियो। फाइनलमा भने भारतको यो लगातार चौंथो यात्रा हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.