|

सल्यान : सल्यानमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका र दार्मा गाउँपालिकामा  भएका घटनामा दुईजनाको मृत्यु भएको हो।

शारदा नगरपालिका–८ मालडाँडा बस्ने ७३ वर्षीय तेजबहादुर कुँवर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। एक्लै बस्दै आएका ती वृद्ध माघ १६ गते घरबाट निस्किएकोमा शनिबार बिहान मृत भेटिएको प्रहरी प्रवक्ता अर्जुन पौडेलले बताए।

वृद्धका छोराहरूले माघ १९ गते कुँवर हराएको भन्ने थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा स्थानीय नयाँ सडक विस्तार गरेको ठाउँमा केही भाग माटोले पुरिएको अवस्थामा  शव फेला परेको उनको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पौडेले बताए।

यस्तै  दार्मा गाउँपालिका–३ डाँडागाउँमा रूखबाट लडेर एकजनाको ज्यान गएको छ। डाँडागाउँका ६८ वर्षीय लबे खत्री घाँस काट्दै गर्दा लडेर घाइते भएका थिए।

शुक्रबार अपराह्न गाउँमै खन्यूको रूखबाट लडेर घाइते भएका खत्रीलाई घर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय शिव शाहीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.