सरकारले इँटा उद्योगको बिमा नगरेको गुनासो

|
तस्वीर : निरञ्जनकुमार साह

जनकपुरधाम : लगातार दुई दिनसम्म परेको हिउँदे वर्षाका कारण तराई–मधेशका इँटा उद्योगमा अर्बौंको  क्षति भएको छ।

वर्षाका कारण निर्माणका लागि तयार अवस्थामा रहेका लाखौं काँचो इँटा नष्ट भएको र इँटा तयार पार्ने सिजनको मुखमै वर्षा हुँदा अर्बौंको क्षति भएको इँटाभट्टा सञ्चालकले जानकारी दिएका छन्।

शुक्रबार र शनिबार भएको वर्षाको  कारण सयौँ इँटा उद्योगमा क्षति भएको छ। उद्योग सञ्चालकका अनुसार प्रति इँटा उद्योगमा कम्तिमा २० देखि २५ लाख काँचो इँटा नष्ट भएका छन्।

धनुषाका  गणेश इँटा उद्योगका सञ्चालक जीवछ साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारी दिए।

साहका अनुसार तयारी अवस्थामा रहेका सबै काँचो इँटा नष्ट भइसकेको र कुनै पनि काम लाग्ने नरहेको बताए।
 

 धनुषा  जिल्लामा  ८० इटा उद्योगको अवस्था के होला? 

 त्यस्तै इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष विनय यादवले तत्काल उद्योग  नै सञ्चालन गर्न  नसक्ने गरी वर्षाले क्षति पुर्‍याएको जानकारी दिए।  

इँटा तयार पार्ने सिजनको मुखमै वर्षा भइदिएको  उद्योगीहरू उठ्नै नसक्ने अवस्थामा पुगेको  यादवले बताए।

एक-दुई महिना लगाएर तयार पारिको इँटा पुस–माघमा भट्टामा पोल्ने गरिन्छ। काँचो इँटा तयार पार्न उद्योगले सयौँ मजदुर राख्ने गरेका छन् भने माटो र कोइलासमेत खरिद गरेर ल्याएका हुन्छन्।

वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएको कोइला पनि नष्ट भएको छ। प्रदेश अध्यक्ष यादवका अनुसार मधेश प्रदेशमा ६ सय इँटा उद्योग सञ्चालनमा छन्। 

एउटा उद्योगले कम्तिमा ३० देखि ५० लाख काँचो इँटा तयार पारिसकेको अवस्था थियो। पोल्न तयार पारेर राखिएका सबै काँचो इँटा नष्ट भइसकेका छन्।

बेमौसमी वर्षाका कारण इँटा उद्योग सञ्चालकले अर्बौंको क्षति बेहोर्नुपरेको समेत बताए। 

धनुषामा सञ्चालन गर्दै आएको  न्यू लाभ  इँटा उद्योगका सञ्चालक प्रमोद साहले भने, 'गत वर्ष रू. २५ हजारदेखि २७  हजारमा प्रतिटन  कोइला खरिद गरेका थियौं। अहिले प्रतिटन कोइलाको मूल्य ४० हजारदेखि ४७ हजार पुगेको छ।'

 वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भएको उनीहरूको कथन छ।

सरकारले अन्य उद्योगहरूका लागि बिमाको व्यवस्था गरे पनि इँटा उद्योगमा भने त्यो लागू  नभएको बताए।

उद्योग सञ्चालकहरूले बिमाको व्यवस्था गर्न पटक–पटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन नगरेको उनीहरूको गुनासो छ।

इँटा उद्योग व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष यादव सरकारले बिमाको व्यवस्था नगरेका कारण दैवीप्रकोप आउँदा सम्पूर्ण क्षति उद्योगले आफैं बेहोर्नु परिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.