|

काठमाडौं : आज श्रीपञ्चमी अर्थात् विद्याकी देवी सरस्वती पूजा गर्ने विशेष दिन। माघ शुक्ल पञ्चमीमा मनाइने श्रीपञ्चमीलाई बालबालिकालाई शिक्षारम्भ गर्ने शुभ दिनको रूपमा लिइन्छ।

आजकै दिन विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन तथा खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ। आज स्वयम्भूमा सरस्वती पूजा गर्न पुगेकाहरूको केही तस्बिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.