|

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई गिजोलिएको भन्दै यसको परिणाम गम्भीर हुने बताउनु भएको छ।

एमसीसी पारितको पक्षमा बोल्दै आएका भट्टराईले अति भए खति हुने चेतावनी दिनुभएको हो। सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले माओवादीको दोहोरो चरित्रमाथि व्यंग्य समेत गरेका छन्। उनले भित्र खाओवाद र बाहिर माओवादी भन्दै नेपाली राजनीतिमा यो पाखण्डी प्रवृत्ति रहेसम्म देश नबन्ने टिप्पणी गर्नुभएको छ।

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद, माछा देखे भित्र हात, सर्प देखे बाहिर हात, भित्र खाओवादबाहिर माओवाद।’ भट्टराईले लेखेका छन्, ‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुई जिब्रे प्रवृत्तिबाट मुक्त हुन सक्दैन तबसम्म देश बन्दै–बन्दैन। एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुन सक्छ, अति भए खति हुन्छ है।’ भट्टराईले यसअघि पनि एमसीसी मुलुकको हितमा रहेको भन्दै पारित गर्न जोड दिँदै आउनु भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.