|

काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।

मन्त्रालयका अनुसार ६ जिल्ला र  १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।

मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। 

मन्त्रालयले सबै स्थानीय तहसँग ०६८ माघ २१ गतेसम्म पाएको खोपको मात्रा तथा म्याद गुज्रिएको वा अन्य कुनै कारणले क्षति भएर प्रयोग गर्न नमिल्ने खोपको मात्रासहितको विवरण ०६८ माघ २६ गतेभित्र पठाउनसमेत आग्रह गरेको छ। 

यसअघि मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखामार्फत सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७ सय ५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते दिउँसो ४ बजेभित्र खोपसम्बन्धी सबै तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएकाे थियो। 

२४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डिएचआइस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको थियो।

यसअघि कोरोनाविरुद्ध खोपको २४ लाख मात्रा हराएको भन्दै मन्त्रालयले छानबिन गर्न हिजो (आइतबार) ५ सदस्यीय समिति गठन गरेको थियो। 


  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.