|
फाइल तस्वीर

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल माघ २८ गते शुरु हुने भएका छन्। नवौं चरणको खेलपछि नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका लागि लिगमा विश्राम गरिएको थियो।

१० औं चरणको पहिलो खेलमा २८ माघमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै एन्फा कम्प्लेक्समा २८ माघमा नै हुने अर्को खेलमा नेपाल पुलिसले सातदोबाटोसँग प्रतिस्पर्धा गर्ने छ।

एन्फाले तीन चरणको ड्र मंगलबार सार्वजनिक गरेको हो। १२ औं चरणका सबै खेल दशरथ रंगशालामा हुने छन् भने १० औं चरणको एउटा खेल एन्फा कम्प्लेक्समा हुने छ। यसैगरी ११ औं चरणका दुई खेल एन्फा कम्प्लेक्समा हुने छ।

नवौं चरणको समाप्तिमा मच्छिन्द्र २३ अंकसहित लिगको शीर्षमा छ भने मनाङ मर्स्याङदी क्लब १९ अंकका साथ दोस्रो स्थानमा रहँदा १७ अंकका साथ त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छ।

लिगको रेलिगेशन जोनमा भने पुछारमा ३ अंकमात्र बटुल्न सकेको फ्रेन्ड्स क्लब रहेको छ। त्यस्तै च्यासल ५ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेशन जोनमा रहेको छ।

ब्रिगेड ब्वाइज ६ अंकसहित रेलिगेशन जोनभन्दा एक स्थान माथि छ। अबको लिग रेलिगेशन र उपाधि होडका लागि रोचक हुने आँकलन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.