|

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।

इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  

रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार सम्झौता भएकाको केही दिनमा भिसा लाग्ने सूचना अधिकारी भुसालले बताए। इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइनेमध्ये अधिकांशले करार सम्झौता (एससइसी) प्राप्त गरिसकेका छन्। 

केही समयअघि इजरायल रोजगारीमा जानेको स्वास्थ्य परीक्षण पूरा गरेका १ हजार १७५ युवाको रोजगार सम्झौतामा लागि नामावली इजरायल पठाएको थियो।

विभागका अनुसार नेपालस्थित इजरायली दूतावासले रोजगार सम्झौता भएका युवाको भिसा लगाउने काम जति चाँडो गर्छ, त्यति नै छिटो नेपालीलाई पठाउन सकिन्छ।

पछिल्लो समय विश्वभर कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएसँगै  इजरायल रोजगारीमा केही ढिलाइ भएको सूचना अधिकारी भुसालले बताए। चार चरणमा २९७ जना इजरायल रोजगारीका लागि गएको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।

लामो समयदेखि रोकिएको इजरायल रोजगारीका लागि सरकारले गत भदौ अन्तिम साताबाट प्रक्रिया अघि बढाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.