|

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी स्थगित भएकाे छ।

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठक आइतबार २ बजे पुनः बस्ने गरी स्थगित भएकाे जानकारी दिए। उनले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाकाे महाधिवेशनबारे पनि आइतबारकाे बैठकले निर्णय लिने बताए।

‘आजको बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान पेस भएको छ। त्यो विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिनेछौं’, महतले भने। बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको छ।

भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताए। नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको लामो समयदेखि अधिवेशन हुन सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.