|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन भनेका छन्।

भोलिको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेश गर्ने तयारी गरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका हुन्। 

एमसिसीको विषयमा बहस चलिरहेका वेला कांग्रेसले एमसिसी पास चाहेको छ। सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अगाडि बढाउन नचाहेका वेला देउवाले एमसिसी अगाडि बढाउन दबाव दिएका हुन्। 

एमसिसीको विषयमा छलफल गर्न सोमबार सभामुखले सर्वदलीय बैठक बोलाएका थिए।

बैठकपछि सभामुखले भनेका थिए, ‘सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभाउनुपर्छ भन्नेमा म सचेत छु। मैले विशेष रूपमा जोड दिएको कुरा सदन सुचारु हुनुपर्छ भन्ने हो । यसमा निर्णायक भूमिका दलकै हुन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.