रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ।
रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो।
पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमाटुजीको सेवा सञ्चालनमा रहेका छन्।
अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए।
सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको प्रमुख यादवले जानकारी दिए।
यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको यादवको भनाइ छ।
फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने यादवले बताए।
यी ४ ठाउँमा ठेकेदारले फोरजी सेवाका लागि उपकरण जडानको जिम्मा लिएको छ। ठेकेदारले उपकरण जडान गरेर सफल परीक्षणपछि दूरसञ्चारलाई हस्तान्तरण गर्नेबित्तिकै फोरजी सेवा सुचारु गरिने यादवले जानकारी दिए।
यसैगरी निर्माणाधीन अवस्थामा रहेका टावरका लागि पनि छिटै निर्माण सम्पन्नका लागि ठेकेदारलाई ताकेता गरिराखेको पनि यादवले बताए।
नयाँ निर्माणाधीन अवस्थामा रहेको सिस्ने–१ को सिस्ने, सिस्ने–४ को दादिङ, सिस्ने–६ को खोपीचार, भूमे–६ को महत रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।