|

सुर्खेत : सुर्खेत कारागारमा कैद जीवन बिताइरहेका १६ जनाले आममाफी पाएका छन्।

७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले गरेको सिफारिसमा सुर्खेतका १६ जनाले आममाफी पाएका हुन्।

कारागार कार्यालय सुर्खेतका निमित्त प्रमुख भुवन गौतमका अनुसार आममाफी पाउनेमा १२ जना पुरुष र चारजना महिला रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशका विभिन्न कारागारमा रहेका ५०१ जना बन्दी र मन्त्रिपरिषद्को सिफारिसअनुसार १२ जनाको सजाय माफ गरिएको छ।

सोही क्रममा सुर्खेत कारागारमा रहेका १६ जनाले पनि आममाफी पाएका हुन्।

आममाफी पाउनेमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, बहुविवाह र सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेकाहरू रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.