|

विश्वमा कोरोना संक्रमण घट्दै गएको छ। एक साताअघि दैनिक २० लाखको हाराहारीमा संक्रमित थपिने गरेको थियो। त्यो संक्रमण दर घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा १५ लाख २८ हजार १०० मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन १९ लाखमा संक्रमण पुष्टि भएको थियो।

पछिल्लोपटक भेटिएका संक्रमितमध्ये रुसमा १ लाख ७९ हजार, जर्मनीमा १ लाख १७ हजार, ब्राजिलमा १ लाख ३ हजार, अमेरिकामा ३२ हजार ८०० र भारतमा १८ हजार ४०० मा संक्रमण पुष्टि भएको छ।

यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतकमध्ये ब्राजिलमा ८२७, रुसमा ७९८, भारतमा ६७३, अमेरिकामा ४९४ जनाको मृत्यु भएको छ। यस्तै‚ मेक्सिकोमा ४०० र दक्षिण अफ्रिकामा ३०० जनाको मृत्यु भएको छ। योसहित विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ लाख ९९ हजार ९०० पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.