|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि २ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ५ सय ७२ पिसिआर परीक्षण गर्दा २ सय २९ जना र ३ हजार २ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जना गरी २ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।

नेपालमा हाल कोरोना संक्रमण दर घटेर ६ दशमलव ४ प्रतिशतमा झरेको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जनाएकी छन्। उनले संक्रमण दर कम भए पनि जोखिम भने कायमै रहेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.