|

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।

अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।

दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।

मंगलबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग र ओमान आयरल्याण्डसँग पराजित भएको थियो। यूएई र आयरल्याण्ड भने क्वालिफायरको फाइनल पुग्दै अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनोट भएका छन्।

आजै यी दुई टोलीबीच क्वालिफायरको उपाधिका लागि पनि प्रतिस्पर्धा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.