|

काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि रुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनको निवास पुगेका छन्। 

हात्तीवनस्थित नेता निवास पुगेर प्रचण्डले नेता श्रेष्ठसँग छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ। 

व्याख्यात्मक घोषणासहित एमसिसी पारित भएपछि नेता श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरूले विद्रोहको संकेत गरिसकेका छन्। त्यही सुइँको पाएपछि प्रचण्ड नेता श्रेष्ठलाई फकाउन पुगेका हुन्। 

एमसिसीको पक्षमा उभिने निर्णयविरुद्ध नेता श्रेष्ठसहित लीलामणि पोखरेल, देव गुरुङ, गिरिराजमणि पोखरेल र कृष्णबहादुर महरा लगायतले असन्तुष्टि जनाएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.