|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक सुरु हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।  आज र भोलि दुई दिन चल्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउनेलगायत विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि बिहान साढे १० बजे  पदाधिकारी बैठक बोलाइएको छ। देशैभर रहेका जिल्ला कार्यसमिति मार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.