|

काठमाडौं : नेकपा(माओवादी केन्द्र) ले केन्द्रीय समितिको बैठक बोलाएको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदनको पक्षमा उभिएपछि पार्टीभित्र तीव्र विवादको समाधानका लागि माओवादीले केन्द्रीय समितिको बैठक बोलाएको हो। 

यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक यही २० गते शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए। उनका अनुसार बैठक शुक्रबार बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्नेछ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको पक्षमा उभिने निर्णय गर्दैगर्दा  नेता नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। नेता श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनमा पुगेका थिए। 

यता, पुसमा सकिएको महाधिवेशनले अध्यक्षबाहेक पार्टी पदाधिकारी चयन गर्न सकेको छैन। यीबाहेक गठबन्धनको भविष्य, आगामी निर्वाचन लगायतको विषयमा पनि छलफल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.