|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठक राष्ट्रिय सभागृहमा सुरु भएको हो।

बैठकमा पदाधिकारी चयन र संसदबाट पारित एमसिसी सम्झौताले पार्टी भित्र निम्त्याएको विवादका विषयमा छलफल गर्ने तयारी छ। पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्ने बताइएको छ।

आठौं महाधिवेशनपछि पहिलोपटक बसेको माओवादीको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई पुनर्निर्वाचित गरेको थियो। माओवादी केन्द्रले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ।

त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन । यसपटकको बैठकबाट यी सबै विषय टुंग्याउने माओवादीको तयारी छ।

यस्तै संशोधनबिना एमसिसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड अघि बढेपछि माओवादीमा अहिले विवाद देखिएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.