|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताएका छन्। 

मुख्यमन्त्री राउतले साझेदारी कोष  कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर बनाउन साझेदारी विकास कोष सहायक सिद्ध हुने विश्वास व्यक्त गरे।

नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको मुख्यमन्त्री राउतले बताए । 

कार्यक्रममा सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका प्रमुख , उपप्रमुख, कार्यकारी अधिकृत, योजना शाखाका प्रमुख सहभागी थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.