|

सल्यान : सल्यान जिल्ला अस्पतालमा चिकित्सक पठाउन माग गर्दै सल्यानवासीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शुक्रबार मुख्यमन्त्रीको कार्यालयमा पुगेर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरूले पत्र बुझाएका हुन्।

सल्यान अस्पतालमा केही समय यता चिकित्सक नहुँदा नियमित सेवा प्रवाहमा समस्या हुँदै आएको छ। अस्पतालमा आठ जना चिकित्सकको दरबन्दी भए पनि दरबन्दीअनुसारका डाक्टर छैन। केही समयअघि अस्पतालमा कार्यरत केही चिकित्सकको सरुवा भएको र केही तालिममा गएकाले हाल एकजना मात्रै चिकित्सक छन्।

आर्थिक विपन्नताका कारण निजी अस्पताल तथा जिल्लाबाहिर गई उपचार गर्न सक्ने अवस्था नभएकाले बिरामीहरूको मर्कालाइ ध्यानमा राखी दरबन्दीका चिकित्सक तत्काल पठाउन माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष सिपी वलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.