|

चितवन : नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका संयोजक ज्ञानेन्द्र अधिकारीले श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि खनाल सर्वसम्मत सभापतिमा निर्वाचित भएको बताए।

पहिलो चरणको निर्वाचनमा पाँचजनाले उम्मेदवारी दिएकोमा राजेश्वर खनालले सर्वाधिक ७४६ मत प्राप्त गरेका थिए भने मिलनबाबु श्रेष्ठले ६६२ मत प्राप्त गरेका थिए।

यस्तै, अर्का प्रत्यासी उत्तम जोशीले ४७३ मत, प्राप्त गर्दा डा.सूर्यकान्त घिमिरेले ४२६ मत र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए। २८२० मत खसेको मध्ये कुल १०१ मत बदर भएको थियो।

सभापति चयन भएसँगै अन्य पधाधिकारी र सदस्यको भोलि आइतबार बिहान १० बजेबाट मतगणना सुरु गरिने निर्वाचन संयोजक अधिकारीले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.