|

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।

यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।

झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी भएको छ। गोल्डकपमा दुई भारतीय टिम एमएफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी भएका छन्।

गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रूपैयाँ पुरस्कार पाउनेछन्। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिनेछ। प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रूपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ पाउनेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९ सय ९९ रूपैयाँ पाउने गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.