|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामसँग १-० को साँघुरो जित निकाल्दा चेल्सीले भने बर्नलीमाथि ४-० को सहज जित हासिल गरेको छ।

जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंक दुरी पुन ३ अंकमा कायम गर्न सफल भयो। लिभरपुलको जितमा साडियो मानेले २७ औ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा चेल्सीले बर्नलीमाथपि ४-० को जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले दोस्रो हाफमा गोल वर्षा गरेको थियो। चेल्सीका लागि जेम्सले ४७ औ मिनेटमा पहिलो गोल गर्दा काई हाभर्टजले दुई गोल गरे। उनले ५२ र ५५ मिनेटमा गोल गर्दै टीमलाई ३-० को अवस्थामा पुर्‍याए टीमका लागि चौंथो गोल क्रिश्टियन पुलिसिकले ६९ औ मिनेटमा गरेका थिए।

त्यस्तै अन्य खेलमा एस्टन भिल्लाले साउथहेम्टनलाई ४-० ले पराजित गर्दा न्युक्यासलले ब्राइटनलाई २-१ ले हरायो। त्यस्तै नर्विचलाई ब्रेन्टफोर्डले ३-१ ले पराजित गर्दा वल्भेसलाई क्रश्टल प्यालेसले २-० ले पाखा लगायो।

प्रिमियर लिगको २७ औ खेलको समाप्तिमा म्यानचेस्टर सिटी ६६ अंक बनाएर शिर्ष स्थानमा कायम रहँदा लिभरपुल समान खेलबाट ६३ अंक बनाउन सफल भएको छ। त्यस्तै चेल्सीको ५३ अंक छ।  युनाईटेड ४७ अंकका सथ चौंथो स्थानमा रहेको छ। उसलाई वेस्टह्याम र आर्सनलले ४५ अंकका साथ पछ्याइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.