|

सल्यान : राप्ती राजमार्गअन्तर्गत सल्यान–दाङ सडक खण्ड आइतबारदेखि १० दिन  दैनिक साढे आठ घण्टा बन्द हुने भएको छ। कपुरकोट चोरखोला सडक खण्ड मर्मत गर्नुपर्ने भएकाले सल्यान दाङ सडक दैनिक साढे आठ घण्टा बन्द हुने भएको हो।

आइतबारदेखि आगामी चैत १ गतेसम्म सडक खण्ड बन्द गरिएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। कपुरकोट चोरखोला सडक खण्डमा दैनिक तीन सिफ्टमा काम हुने उनले बताए। खड्काका अनुसार दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म पहिलो सिफ्टमा सडक मर्मतको काम हुनेछ।

दोस्रो सिफ्टमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र तेस्रो सिफ्टमा साँझ साढे ५ बजेदेखि ८ बजेसम्म मर्मतको काम हुनेछ। यही समयावधिमा गाडी आवागमन रोकिने खड्काले जानकारी दिए।

बाँकी रहेको नाला निर्माण, ह्युम पाइप राख्ने तथा सम्याउने काम अबको २० दिनमा सक्ने गरी तीव्र गतिमा काम हुने उक्त सडकको जिम्मा पाएको श्याम एण्ड शंकर नानजिला एण्ड आकांक्षा जेभीले जनाएको छ। कपुरकोटदेखि चोरखोलासम्म १ हजार ६ सय मिटर सडक चौडा बनाउने मात्र नभई कटिङ गर्ने कामको जिम्मा ठेकेदार कम्पनी श्यामशंकर एण्ड एन्जिला र आकांक्षा जेभीले पाएको थियो।

सडक डिभिजन कार्यालय दाङले सडक स्तरवृद्धिका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ। पटक पटक सडक बन्द हुँदा यात्रीले भने सास्ती भोग्दै आएका छन्। वैकल्पिक बाटो नहुँदा दिनभर यात्रुले सास्ती भोग्दै आइरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.