|

काठमाडौं : युक्रेनमाथि आक्रमण जारी राखेको रुसले सर्वसाधारण तथा विदेशी नागरिकलाई बाहिर निस्किन दिन आज युद्धविराम गर्ने भएको छ। 

संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत वासिली नेबेन्जियाले मानवीय करिडोरका लागि रुसले मस्कोको समयअनुसार बिहान १० बजेदेखि युद्धविराम गर्ने बताए। यो समयमा राजधानी किभ, चेर्निगोभ, सुमी र मारियुपोलबाट युक्रेन छोड्नेहरुका लागि मानवीय करिडोर खुला गर्न लागिएको हो। 

यसअघि हिजो पनि रुसले मानवीय करिडोरका लागि युद्धबिरामको प्रस्ताव गरेको थियो। तर युक्रेनी राष्ट्रपति भोलोमिरि जेलेन्स्कीले युक्रेनबाट रुस र बेलारुसतर्फमात्र जान मिल्ने गरी करिडोर खोल्न लागेको भन्दै आपत्ति जनाएका थिए। ​जेलेन्स्कीले मानिसहरु जुन मार्गबाट देश छोड्ने चाहे पनि जान पाउनुपर्नेमा रुसले फन्दामा पार्ने गरी करिडोर खोल्न खोजेको भन्दै रुसी प्रस्ताव अनैतिक भएको बताएका थिए।

पछिल्लो पटक रुसले गरेको मानवीय करिडोर खोल्ने प्रस्तावलाई स्पष्ट पार्दै राष्ट्र संघीय दूत नेबेन्जियालाई मानिसहरु जुन मार्गबाट बाहिरन चाहे पनि पाउने दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले पनि रुसले खोल्ने भनेको मानवीय करिडोर क्षेत्रमा विस्फोटक पदार्थ राखेको पाइएको बताएको छ। यसैबीच रुसले आक्रमणको

तेह्रौँ दिनसम्म युक्रेनका ठूला सहरमा गोलाबारी तीव्र पारेको छ। रुसी सेनाले आवसीय क्षेत्रहरुमा बम खसाली रहेको युक्रेनी अधिकारीको भनाइ छ। सर्वसाधरण बस्ने ठूला अपार्टमेन्ट, भाग्न खोजिरहेका सडक तथा अन्य संवेदनशील क्षेत्रमा बमबारी जारी राखेको छ। रुसी आक्रमणमा सयौँ सर्वसाधारण नागरिक मारिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.