|

काठमाडौं : नेकपा (एमाले) सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन्। क्षेत्रीलाई सोमवार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन्। 

अध्यक्ष क्षेत्री सदस्यसहित एमाले सिन्धुपाल्चोक जिल्ला सदस्य सुभाष सुन्दास र युवा नेता कृष्ण क्षेत्री कांग्रेसमा प्रवेश गरेका हुन्।

क्षेत्री एमाले छाडेपछि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने तयारीमा थिए। तर‚ कांग्रेसले आगामी निर्वाचनमा प्रदेशसभा सांसदको टिकट दिने आश्वासन दिएपछि उनी कांग्रेसमा प्रवेश गरेको उनी निकटस्थहरू बताउँछन्। 

उनी एमाले विभाजनअघि माधव नेपाल निकट मानिन्थे। तर, पार्टी विभाजनपछि १० बुँदे सहमति गरेर जिल्ला अध्यक्ष हत्याउने दाउमा बसेको थिए। जिल्ला अध्यक्ष बन्न नपाएपछि क्षेत्री कांग्रेस प्रवेश गरेको जानकारहरू बताउँछन्।  

‘कम्युनिष्ट पार्टी जनताको चाहनाअनुसार काम गर्न सकेन। तर, जनताको लागि काम गर्छु भनेर विजयी भएपछि कार्यकाल पूरा गर्नुपर्ने मेरो दायित्व थियो‚’ कांग्रेस प्रवेशपछि क्षेत्रीले भने, ‘एमाले मन नपरेपछि अर्को पार्टी रोज्न पाउनु मेरो मेरो स्वतन्त्रता हो।’ 

अब कांग्रेसको, नीति सिद्धान्त र विचारलाई जनतासमक्ष पुर्‍याउन लाग्ने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.