|

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा वेस्टइन्डिजले लगातार दोस्रो जित निकालेको छ। वेस्टइन्डिजले बुधबार भएको खेलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। पहिलो खेलमा घरेलु टोलL न्युजिल्यान्डमाथि ३ रनको रोमाञ्चक जित निकालेको वेस्टइन्डिजले बुधबार इंग्ल्यान्डविरुद्व पनि सनसनीपूर्ण प्रदर्शन जारी राख्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका लागि मध्यक्रममा आएकी ब्याटर सेमाइनी काम्पबेलले सर्वाधिक ६६ रन बनाएकी थिइन। त्यस्तै छैटौं नम्बरमा ब्याटिङका लागि आएकी चेडेन नाटिअनले ४९ रन बनाएकी थिइन्। 

त्यसअघि ओपनर डेन्द्रा डोटीन र ह्याइलेइ म्याथ्युजले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। डोटीन ३१ रनमा आउट हुँदा म्याथ्युजले ४५ रन जोडेकी थिइन्। तर त्यसपछि लगातार विकेट गुमाउन पुगेको वेस्टइन्डिजलाई पुनः पाँचौं विकेटका लागि क्याम्पबेलले र नाटिअनले पाँचौं विकेटका लागि १ सय २३ रनको साझेदारी गर्दै टिमलाई सम्मानजक स्कोरमा पुर्‍याएका थिए।

२ सय २२ रनको जवाफी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै २ सय १८ रनमा समेटियो। उसका लागि टेमी बेमोउटको ४६ रन सर्वाधिक रह्यो। त्यस्तै सोफिया डन्क्लीले ३८ रनको योगदान दिँदा डेनी वायाटले ३३ रन बनाएकी थिइन्। त्यस्तै सोफि एस्लेस्टोन ३३ रनमा अविजित रहँदा केट क्रस २७ रनमा रनआउट हुन पुगेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.