|

काठमाडौं : सुन तोलामा १ हजार ८ सय  रुपैयाँले घटेको छ। 

 सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै चाँदी आज तोलामा ३५ रुपैया घटेको छ। सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.