|

काठमाडौं : नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक सम्पन्न भएको छ। बैठक पाँच दिनसम्म नेपालमा आयोजना गरिएको थियो।

​बैठकमा भारतका तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यको सहअध्यक्षतामा उक्त बैठक बसेको थियो।

सोमबार दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका थिए। संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानको पनि स्थलगत भ्रमण गरेको थियो। समितिको कार्यक्षेत्रमा सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु रहेको छ। समितिले सीमाक्षेत्रमा पर्ने नदीहरूको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गर्‍यो।


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.