|

काठमाडौं :  संस्कृतिविद् एवं वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन'  सार्वजनिक भएको छ।

पत्रकार एवं लेखक गिरीश गिरीको लेखनमा तयार भएको पुस्तक शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा सार्वजनिक गरिएको हो। पुस्तकको सार्वजनिकरण स्वयं १०२ वर्षीय जोशीले नै गरेका हुन्। पुस्तक सार्वजनिक पश्चात् बोल्दै जोशीले आफ्नो आत्मकथा आफैले सार्वजनिक गर्न पाउँदा हर्षित बनेको बताए।

बहुल जातजाति र संस्कृति भएको नेपाल जस्तो मुलुकमा लोक संस्कृतिले राष्ट्रिय एकतामा जोड दिने धारणा व्यक्त गरे।

'लोक संस्कृतिले मुलुकमा एकता ल्याउँछ। लोक संस्कृतिलाई नजरअन्दाज गरेर, हेला गरेर, यसको महत्वलाई नबुझ्ने हो भने उन्नत समाज भएपनि समावेशीकरण भने हुन कदापि सक्दैन', सार्वजनिक कार्यक्रममा जोशीले भने।

नेपालमा जाति, जनजातिहरूको, विभिन्न धर्म, संस्कृति, भाषाहरूको समावेशीकरण गर्न सकेमात्र एकताबद्ध मुलुक बन्ने दाबि गरे।

पुस्तकका लेखक गिरीस गिरिले जोशीको पुस्तकको जिम्मेवारी आफूले पाउनु नै आफूलाई अहोभाग्य महसुस गरेको बताए। उक्त पुस्तक शतप्रतिशत सत्यमोहन भएर लेखे भन्दै गिरीले खुशी व्यक्त गरे।

नेपाली भाषा-साहित्यमा अलग धार जसरी यो पुस्तक आएको छ। यसमा टिप्पणी हुनुपर्ने, विचारको मन्थन हुनपर्ने गिरीले जोड दिए।  राष्ट्रको कला र संस्कृतिको विकासमा खेलेको भूमिका लगायत धेरै विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको गिरीले जानकारी दिए। पुस्तकबारे बोल्दै भाषा शास्त्री डा. ज्योति तुलाधरले  जोशीको आत्मकथा  सरल र मीठो भाषामा लेखिएको रसिलो उपन्यास जस्तो रहेको धारणा व्यक्त गरिन्।

जोशीको जीवन भोगाइलाई, इमानलाई, नम्रतालाई लेखक गिरिले जस्ताको त्यस्तै उतारेको भन्दै तुलाधारले गिरिको प्रशंसासमेत गरिन्।

जोशीको यो आत्मकथा केवल उनको मात्र आत्मकथा नभएर विभिन्न कालखण्डमा भएका ऐतिहासिक घटनाका सत्य र तथ्यहरूको दस्तावेज पनि हो। यसलाई ऐतिहासिक दस्तावेज भन्दा अझ उपयुक्त हुन्छ', उनले भनिन्।

पुस्तक बुकहिलले प्रकाशन गरेको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.